पोखरा १८ फागुन- पोखरा महानगरपालिका-६ को गौरीघाटमा धार्मिक योग पार्क निर्माण भएको छ । करिव १३ लाख रुपैयाँको लागतमा पार्क बनेको हो ।
निर्माणको लागि पोखरा महानगरबाट ६ लाख ७४ हजार र स्थानीयहरुबाट ६ लाख १३ हजार चन्दा स्वरुप प्राप्त पार्कका परिकल्पनाकार अनिल थापाले बताए । पार्कमा योग गर्ने सुविधा प्राप्त छ ।
पार्कको मंगलबार पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । उनले सबैको सहकार्यमा मात्रै पोखरा उपत्यकाको विकास सम्भव भएको बताइन् ।
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले सांस्कृतिक सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि स्थानीयको तत्परताको प्रशंसा गरे ।
निर्माण समितिका अध्यक्ष लभ भुजेलले महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षणमा देखाएको चासोको सह्राना गरे ।