९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्रचण्डले भने, ‘माओवादी दोस्रो हुने रिपोर्ट छ’


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७८ , शुक्रबार

  • प्रचण्डले भने, ‘माओवादी दोस्रो हुने रिपोर्ट छ’

    काठमाडौं, २० फागुन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुने रिपोर्टिङ आएको बताएका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो र माओवादी दोस्रो हुने आँकलन भएको सूचना आएको बताएका हुन्।

    ‘आगामी चुनावमा पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ’, उनले भने, ‘दोस्रोमा माओवादी केन्द्र रहेछ। तर हामी पहिलो दल बन्नु पर्छ, त्यो सम्भावना अझै पनि छ।’ संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ पुगिसकेकाले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था आइसकेको पनि प्रचण्डले बताए।

    शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा उनले रिपोर्टिङ गरेका हुन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend