काठमाडौं, २० फागुन – युट्युवमार्फत आफूलाई गाली गलौज गरेको भन्दै नायिका तथा नेतृ रेखा थापाले साइबर ब्यूरोमा जाहेरी दिएकी छन्। एवान मिडिया नामक युट्युव मार्फत शर्मिला वाइवाले नायिका थापालाई गालि गलौज गरेको भन्दै उनका आफन्तले शुक्रबार साइबर ब्यूरोमा जाहेरी दिएका हुन्।
उक्त धारणापछि युट्युबमा उनीविरुद्ध अभिव्यक्ति सार्वजनिक भएका थिए। उनलाई गाली गर्ने वाइवा तनहुँ पुगेर अभियुक्त शाहको पक्षमा बोलिरहेकी छन्।
‘उनीहरुको कोसँग लभ छ? कति पटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन’, उनले भनेकी थिइन्, ‘समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ।’