९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसीबारे माओवादीका तीन नेताको फरक मत


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७८ , शुक्रबार

  • एमसीसीबारे माओवादीका तीन नेताको फरक मत

    काठमाडौं, २० फागुन – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका तीनजना नेताले अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयबारे लिखित फरक मत राखेका छन्।

    पुसमा भएको आठौं महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा शुक्रबार नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले लिखित फरक मत राखेका हुन्।   
    उनीहरुले पार्टी निर्णयलाई स्वीकार गर्ने तर आफ्ना फरक मत राख्ने कुरा बैठकमा राखेका छन्।

    उता, एमसीसीमा पार्टीको समर्थनपछि चर्को असन्तुष्टि पोख्दै आएका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने बैठकमा मौखिक फरक मत राखेका छन्।

    नारायणकाजीले करिब सवा घण्टा बोल्दै राखेको मौखिक फरक मतमाथि आइतबारदेखि छलफल हुने भएको छ।

    तीन नेताले पार्टी निर्णय स्वीकार्दै फरक मत राखेका हुन् भने नारायणकाजीले भने एमसीसी पासको निर्णयलाई अस्वीकार गर्दै आएका छन्।

    एमसीसी पास भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठबीच दोहोरी चलिरहेको छ। दाहालले श्रेष्ठलाई पार्टीमा बस्न मन नभए छाडेर जानेलाई रोक्न नसकिने बताएका छन्।

    श्रेष्ठले पनि दाहालको यो भनाइपछि पार्टीमा बस्ने या छाड्ने विषयमा आफ्नो समूहमा छलफल पनि गरेका छन्।

    लिखित फरक मत राख्ने महरा, पोखरेल र गुरुङ पनि एमसीसीविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका नेताहरु हुन्।

    उनीहरु यथाअवस्थामा एमसीसी पास गर्नै नहुने पक्षमा थिए। तर अध्यक्ष दाहालले सत्ता गठबन्धन जोगाउनका लागि १२ बुँदे व्याख्याको सहयोगमा एमसीसीको पक्षमा पार्टीलाई उभ्याएपछि विवाद बढिरहेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend