९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मुस्ताङमा हिमपहिरो, १४ चौंरी मरे


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७८ , शनिबार

  • मुस्ताङमा हिमपहिरो, १४ चौंरी मरे

    मुस्ताङ, २१ फागुन – मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो जाँदा कम्तीमा १४ वटा चौरी मरे । १५ चौंरी बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए।

    जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ मा रहेको धौलागिरी रेञ्जमा हिमपहिरो गएको उनले बताए । ‘करिब सवा चार बजे हिमपहिरो गएको हो,’ ढकालले भने, ‘त्यति लामो पहिरो छैन, क्षतिबारे थप बुझ्दैछौं ।’

    यही स्थानमा कात्तिक तेस्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।

    हिमपहिरोले पुरिएर मरेका चौरी। तस्बिर : सौजन हिराचन।

    हिमपहिरोका कारण चौँरीगोठ पुरिएको हो । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका चौँरी हिमपहिरोमा पुरिएको हो ।

    ‘के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उनले भने । उनले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताए । ‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend