९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दमौली बजारमा भएको आगलागी साढे तीन घण्टापछि नियन्त्रणमा


जनमञ्च संवाददाता
  • २२ फाल्गुन २०७८ , आइतबार

  • दमौली बजारमा भएको आगलागी साढे तीन घण्टापछि नियन्त्रणमा

    तनहुँ, २२ फागुन – जिल्लाको सदरमुकाम दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब साढे ३ घण्टापछि नियन्त्रणमा आएको छ ।

    बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली आएर पानी खन्यापछि आगलागी नियन्त्रणमा आएको हो ।
    स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको थियो ।

    आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।

    दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरमा पनि क्षति पुगेको छ ।
    विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend