९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति


जनमञ्च संवाददाता
  • २२ फाल्गुन २०७८ , आइतबार

  • पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

    तनहुँ,  – बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

    यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो। नाबालिग गायिकाले जाहेरी दिएपछि शाहलाई प्रहरीले खोजी गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए।

    शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ। गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend