काठमाडौं, २२ फागुन – एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए ।
अग्रवालले अवैध हुण्डी करोबार सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले नगदसहित अग्रवाललाई पक्राऊ गरेको हो । अग्रवालले गरेको कारोवारका वारेमा थप अनुसन्धान भइरहेको एआईजी पालले बताए ।