९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सरकार बनाउने अदालतले होइन, पार्लियमेन्टले हो : एमाले अध्यक्ष ओली


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७८ , सोमबार

  • सरकार बनाउने अदालतले होइन, पार्लियमेन्टले हो : एमाले अध्यक्ष ओली

    पोखरा, २३ फागुन – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दर्ता गरेर सरकार बन्ने भए ‘डेमोक्रेसी’ आवश्यक नरहेको बताएका छन् ।

    सोमबार पोखरामा भएको मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैउनले अहिलेको सरकार निर्माण सामान्य सीमाना विवाद भन्दा पनि मामुली तरिकाले बनेकोसमेत आरोप लगाए ।

    ‘पार्लियमेन्ट हो सरकार बनाउने थलो, त्यताबाट नसकेर मुद्दा जितेर सरकार ल्याउने भनेपछि डेमोक्रेसी किन चाहियो ? यो त सीमानाको झगडा भन्दा पनि मामुली भयो,’ ओलीले भने ।

    ओलीले जनताको बीचमा जान नसकेर परमादेशबाट सरकार गठन भएकोसमेत सुनाए । ‘हाम्रो सरकारमा पात पहेंलिएर झर्दा पनि विरोध गरे’ पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारको बेला विरोधीले रुखको पात झर्दा पनि विरोध गर्ने गरेको आरोप लगाए ।

    ‘हामी सरकारमा भयौं भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरु झर्न थाल्याछन्, चैतको महिनामा रुखहरु हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन्,’ उनले भने ।

    अहिलेको सरकार भ्रष्टाचार गर्दै अर्थतन्त्र ध्वस्त हुँदा पनि सबै चुपचाप बनेको ओलीको आरोप थियो । ‘अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन,’ उनले भने ।

    ओलीले नेपाल अन्य देशको तुलनामा केही स्वतन्त्र रहेको सुनाए । नेपालमा पनि नेकपा एमाले मानवअधिकारका अवधारणाप्रति पूर्ण मात्रामा एक कदम अगाडि रहेको उनको दाबी गरे ।

    ‘हाम्रो पार्टी वैज्ञानिक, न्यायोचित, समाजिक न्याय र समानता, समान हक र अधिकारीको प्रत्याभूति गर्छ । कहीं कसैलाई गरिबी नहोस्, त्रास नरहोस् भन्ने मान्यता राख्छ,’ उनले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend