९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
गैँडाकोटमा पनि शाहविरुद्ध उजुरी

तनहुँ प्रहरी हिरासतमा रहेका पल शाहलाई मंगलवार गैडाकोट लगियो


जनमञ्च संवाददाता
  • २४ फाल्गुन २०७८ , मंगलबार

  • तनहुँ प्रहरी हिरासतमा रहेका पल शाहलाई मंगलवार गैडाकोट लगियो

    पोखरा, २४ फागुन – नाबालिका बलात्कारको आरोपमा अनुसन्धानका लागि तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थप बयानका लागि मंगलबार दमौलीबाट नलवपुरको गैँडाकोट लगिएको छ । प्रहरीका अनुसार गैँडाकोट प्रहरीमा पनि शाहविरुद्ध उजुरी परेकाले थप अनुसन्धानका लागि त्यहाँ लगिएको हो ।

    उनलाई एक-दुई दिन गैँडाकोट प्रहरीचौकीमा राखिनेछ । अनुसन्धानका लागि शाहविरुद्ध पहिलोपटक सात र दोस्रोपटक १२ दिनको म्याद थप भएको छ । शाहको मुद्दा प्रक्रिया भने तनहुँबाट अगाडि बढिरहेको छ । गैडाकोट प्रहरीले बयान लिएपछि मिसिलसँगै उनलाई गैडाकोटबाट तनहुँमा पठाइनेछ ।

    नाबालिग गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा शाहले आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । त्यसअघि उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । नाबालिकामाथि बलात्कार गरेको आरोपमा शाहमाथि अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend