८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
श्रृखलाबद्ध चोरीमा संलग्न पक्राउ

जव मध्यरातमा मोटरसाईकल डोराईरहेका दुई बालक पक्राउ परे…


जनमञ्च संवाददाता
  • २४ फाल्गुन २०७८ , मंगलबार

  • जव मध्यरातमा मोटरसाईकल डोराईरहेका दुई बालक पक्राउ परे…

    बागलुङ, २४ फागुन – बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा गत आइतबार मध्यराती गस्तीमा रहेको प्रहरीले एउटा दृष्य देख्यो । दुईजना बालकहरु मोटरसाइकल डोराई रहेका थिए । स–साना उमेरका बालकहरु मध्यरातमा मोटरसाइकल डोराई रहेको देखेपछि शंका गरेको प्रहरी सोधपुछ थाल्यो ।

    बालकहरु प्रश्नको जवाफ दिनको साटो भाग्न खोजे । मध्यरात, डराईरहेका बालकहरु देखेपछि पहरीले उनीहरुको पछाडी लाग्यो र समायो । त्यसपछि भेद खुल्यो ती बालकहरुले डोराईरहेको मोटरसाइकल चोरीको रहेछ ।

    ध १ प २२२१ नम्बरको मोटरसाईकल बागलुङ नगरपालिका वडा नं। ४ उपल्लाचौरमा पार्किङ गरी राखेको ठाउँबाट उनीहरुले चोरी गरेको बताए । चोरीको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । उमेर नपुगेकाले उनीहरुको परिचय खुलाईएको छैन् । दुवै बालकविरुद्धमा चोरी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप भएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

    प्रहरीको नियन्त्रणमा रहेका बालकहरुले दिएको बयानका आधारमा सदरमुकाममा भएका अन्य चोरीका घटनाको खोजी सुरु भएको छ । प्रनि भण्डारीका अनुसार बागलुङ नगरपालिका वडा नम्बर ३ मुल्पानी बस्ने १८ वर्षिय कुनाल बोहोराको निर्देशनमा ती बालकहरुले मोटरसाईकल चोरी गरेका हुन् ।

    उनीहरुले बागलुङ नगरपालिका–२ शिबधाराचोकमा सुजन बोहोराले संचालन गरेको मोबाईल पसलमा समेत चोरी गरेको बताएका छन् । मंसिर २९ गते बोहराको मोबाईल पसलमा चोरी भएको थियो । तत्काल खोजी थालेको प्रहरीले त्यसबेला चोरी गर्ने व्यक्ति पक्राउ गर्न सकेको थिएन् । मोटरसाइकल चोरी गर्ने पक्राउ पर्दा मंसिरमा भएको चोरीका घटनाका दोसी समेत पक्राउ परेको भण्डारी बताए ।

    उनीहरुले मंसिर २९ गतेराती ढोकाको चापी फोडी पसलभित्र पसी बिभिन्न मोबाईलहरु चोरी गरेको र चोरी गरेको बयान दिएका छन् । चोरी भएका मोबाईलहरुमध्ये केही मोबाइल कुनाल बोहोरालाई दिएको र केही मोबाईलहरु मर्मत केन्द्रमा मर्मत गर्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

    पक्राउ परेका कुनाल बोहरा र अरु दुईजना बालकहरुले शिब स्टोर्स, किराना पसल, लक्ष्मी होटल, लालीगुरास चोकमा पार्किङ गरी राखेको पिकअप भ्यान भित्र राखेको कष्मेटिक सामानहरु, लालीगुरास चोक पार्किङ गरी राखेको पिकअप भ्यानभित्र राखेको समानहरुसहित ९ स्थानमा चोरी गरेको बयान दिएका छन् । उनीहरुको बयानका आधारमा चोरी भएका ठाउँहरुको खोजी र प्रमाण जुटाउने काम भैरहेको भण्डारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend