८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
'एक्लै चुनाव लड्दा सबै ठाउँमा हारेको नबिर्सौं'

देउवाले ओलीको नाम लिँदै भने, ‘एमाले अझै सशक्त छ’


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • देउवाले ओलीको नाम लिँदै भने, ‘एमाले अझै सशक्त छ’

    पर्सा, २६ फागुन – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमाले सिद्धिसक्यो भनिरहँदा झन् सशक्त भएको बताएका छन्। पर्साको वीरगञ्जमा कांग्रेस जिल्ला कार्य समितिका नयाँ पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन्।

    देउवाले सम्बोधनका क्रममा गठबन्धनका साथीहरुलाई अनावश्यक चिढ्याउन नहुने पनि बताए। त्यसक्रममा उनले एमालेको समेत नाम लिँदै कांग्रेसमा त्यस्तो एकता नदेखेको बताए। ‘बाहिर जथाभावी बोलेर गठबन्धनका साथीहरुलाई बिच्काउने काम नगरौँ’, देउवाले भने, ‘अर्कोतिर विपक्षी पार्टी छ, एमाले छ, ओलीको पार्टी छ। सिद्धिसक्यो भन्ठानेको तर सशक्तै छ। उनीहरुसँग सबै छ। एमालेमा एकता छ, हाम्रो पार्टीमा एकता हुँदैन। एकता छैन।’   

    उनले प्रजातन्त्रका मूल्य मान्यतालाई जोगाउनुपर्छ अगाडि बढाउन पनि गठबन्धन जोगाउनुपर्ने बताएका छन्।  ‘गठबन्धनका सबै साथीहरुले स्वीकारेर म प्रधानमन्त्री भएको हो। गठबन्धनसित स्थानीय निर्वाचनबारे छलफल हुन्छ। बोली ब्यहोराबाट गठबन्धनका साथीहरुलाई चिसो पार्ने गरी गतिविधि नगरौँ’, उनले भने, ‘हामीले सबैको सहयोग लिएर जानुपर्छ। एक्लै चुनाव लड्दाको अवस्था हाम्रो के थियो? सबै ठाउँमा हारेका थियौँ। मिलेर चुनाव लड्दा प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने ठाउँमा हुन्छौँ।’   

    उनले अहिलेको व्यवस्थामा कसैले बहुमत ल्याउन नसक्ने पनि बताए। ‘कुनै पार्टीले बहुमत ल्याउन सक्दैन, हामीले कसै न कसैसँग मिल्नुपर्छ। गाउँमा स्थानीय तहमा समस्या होलान् मिलाएर जानुपर्छ’, उनले  भने, ‘गठबन्धनलाई एक साथ लानुपर्छ। प्रजातन्त्र र हाम्रो पार्टीका लागि पनि चाहिन्छ। गठबन्धनका साथीहरुलाई अनावश्यक चिढ्याउनु हुँदैन। बाहिर जथाभावी बोलेर गठबन्धनका साथीहरुलाई बिच्काउने काम नगरौँ।’ 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend