पोखरा, २८ फागुन – प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्षमा पुनः गणेश बस्नेत चयन भएका छन् । पोखरामा जारी नवौं महाधिवेशनको शनिबार भएको वन्द शत्रले रातीअवेर बस्नेतको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत रुपमा चयन गरेको हो । बस्नेत यस अगाडि काठमाडौंमा भएको ८औं महाधिवेशनबाट पनि सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिजालले दिएको जानकारी अनुसार महाअधिवेशनले चौतारीको उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, देविका घर्ती मगर र सविन प्रियसनलाई चयन गरेको छ । चौतारीको महासचिवमा हिरामान लामा, उपमहासचिवमा राजु सुवेदी र सुरोजजंग पाण्डे, सचिवमा शुष्मा पौडेल, विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर, हरिबल्लभ नेपाल र कोषाध्यक्ष इन्द्र आचार्य पनि सर्वसम्मत चयन भएका छन् ।
भूगोलतर्फको सदस्यहरुमा गण्डकीबाट तारानाथ आचार्य, हिमलाल पराजुली, माधव बराल, जमुना शर्मा, बेलिना थापा, कविता श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, प्रकाश पौडेल र हिमालदेव पंगेनी चयन भएका छन् । अन्य सदस्यहरुका वारेमा छलफल जारी रहेको छ । बन्द शत्रले सवै सदस्यहरु सर्वसम्मत रुपमा चयन गर्न अध्यक्ष मण्डललाई जिम्मेवारी दिएको थियो ।