८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमाले १० दलीय गठबन्धनसँग पनि भिड्न तयार: उपमहासचिव ज्ञवाली


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७८ , आइतबार

  • एमाले १० दलीय गठबन्धनसँग पनि भिड्न तयार: उपमहासचिव ज्ञवाली

    पर्वत, २९ फागुन – नेकपा एमालेको उपमहासचिव तथा पार्टी स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले चुनावसँग डराएर प्रचण्ड र माधवकुमार नेपालले गठबन्धनको गायत्री मन्त्र घोकिरहेको आरोप लगाएका छन् ।

    नेकपा एमाले पर्वतको आयोजनामा शनिबार बिहान आयोजित नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा बोल्दै उनले गठबन्धनबिना आउँदो स्थानीय तहको निर्वाचनमा जाँदा सकिने भएका कारण बिहान-बिहानै उठेर गठबन्धनको मन्त्र बोल्ने गरेको बताएका हुन् ।

    ‘प्रचण्ड र माधव नेपालले कांग्रेससँग टाँसिएर निर्वाचनमा जान बिहान उठेदेखि बेलुकासम्म पनि गठबन्धनको गायत्री मन्त्र घोकिरहेका छन् । दिनदिनै उनीहरूको पार्टी उदाङ्गो हुँदै गएको छ’, उपमहासचिव ज्ञवालीले भने, ‘पहिले त चुनाव गराउनै खोजेनन्, निर्वाचन आयोग, एमाले र कांग्रेसका केही नेताले समयमै निर्वाचन गर्न दबाब दिएपछि निर्वाचनमा जानै पर्ने बाध्यतामा परे । तर गठबन्धनबिना गए सकिन्छौँ भनेर मन्त्र घोकेका छन् ।’

    एमाले १० दलीय गठबन्धनसँग भिड्न समेत तयार रहेको अवस्थामा पाँच दलीय गठबन्धन सामान्य कुरा भएको र त्यो गठबन्धनले एमालेको एकता झनै बलियो हुने उनको भनाइ छ । ‘पाँच दलीय होइन कि हामीहरू त १० दलीय गठबन्धनसँग पनि भिड्न तयार छ । उनीहरूको गठबन्धनले हामीमा एकता हुन्छ’, उनले भने, ‘बरु त्यही गठबन्धनमा अविश्वास छ, जसले कार्यकर्ताहरूले पनि भने अनुसार नगर्दा त्यसको फाइदा पनि एमालेलाई नै हुन्छ ।’

    कांगेसभन्दा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति आक्रोशित देखिएका नेता ज्ञवालीले एमसीसी पास गर्ने बेलामा प्रचण्डले निर्वाह गरेको भूमिकाप्रति असन्तुष्टि जनाए । पार्टी र पद जोगाउन गठबन्धनबाट बाहिरिन नसक्नेले भित्र कांग्रेससँग मिलेर बाहिर कार्यकर्ता उफारेर सडकका रुख र सडक भत्काउनु गलत भएको उनले दोहो¥याए ।

    ‘गठबन्धन जोगाउन कांग्रेससँग टाँसिनुपर्ने, भित्र बसेर एमसीसी पास गरौँ ठीक भन्ने, बाहिर कार्यकर्ता उफारेर एमसीसी बेठीक भन्दै सडकको ढुङ्गा उक्काउने, रुख भाँच्ने ?’ ज्ञवालीले प्रश्नसहित थपे, ‘फेरि एमसीसी पास भएकै भोलिपल्ट धन्न देश जोगाइयो अरे ! पास गर्नु नै रैछ त सडक भत्काउनु किन परेको? आजको राष्ट्रघाति एमसीसी भोलिपल्टै फेरि राष्ट्रवादी कसरी बन्यो ?’

    आउँदो स्थानीय तहको निर्वाचनले राष्ट्रिय राजनीति कता जान्छ भन्ने कुराको निधो गर्ने उनको भनाइ थियो । चुनावका सन्दर्भमा पर्वतका नेता तथा कार्यकताहरुले निर्देशन दिँदै उनले अब सुताइको घण्टा घटाएर पार्टीको काममा लाग्न निर्देशन दिए । सोही अवसरमा कुरा गर्दै एमाले पर्वतकी इञ्चार्ज तथा केन्द्रीय सदस्य कल्पना चापागाईँले एमालेमा आस्था राख्ने पर्वतका नेता तथा कार्यकर्ताहरु चुनाव केन्द्रीत रहेको चुनावका लागि एकाकार रहेको बताईन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend