९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सोलारको पीपीए दर ५ रुपैयाँ ९४ पैसा


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७८ , आइतबार

  • सोलारको पीपीए दर ५ रुपैयाँ ९४ पैसा

    काठमाडौं, २९ फागुन – नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा (सोलार) आयोजनाहरूबाट उत्पादित बिजुली खरिद-बिक्रीका लागि आधार दर (बेसरेट) तोकेको छ ।

    सोलार आयोजनाहरूमा ५ रुपैयाँ ९४ पैसालाई बेसरेट मानेर विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय प्राधिकरणले गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    अब प्राधिकरणले सोलार आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा महँगोमा किन्नेछैन । ‘बेसरेटभन्दा माथि पीपीए हुँदैन । त्योभन्दा कम बोलकबोल गर्नेलाई प्रतिस्पर्धाका आधारमा पीपीए गरिनेछ,’ घिसिङले भने ।

    सोलार आयोजनाहरूलाई प्रतिस्पर्धाका आधारमा मात्र पीपीए गर्ने निर्णय गत माघ पहिलो साता बसेको प्राधिकरणको सञ्चालक समितिबाट भएको थियो । माघ ९ मा बसेको सञ्चालक समितिले पीपीएको बेसरेट तोक्न कार्यदलसमेत गठन गरेको थियो ।

    कार्यदलको सुझावका आधारमा प्राधिकरणले बेसरेटसम्बन्धी निर्णय गरेको हो । आधार दर पीपीएको अधिकतम दरका रूपमा रहन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend