२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनबारे छलफल


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७८ , आइतबार

  • जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनबारे छलफल

    काठमाडौं, २९ फागुन –जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।

    उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए । प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ । यो बैठक भोलिसम्म चल्नेछ । यसका मुख्य ४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रस्तुत भइरहेको छ ।’

    उनका अनुसार नवराज सुवेदीले त्यो प्रस्तुत गरिरहेका छन् ।  उनले भने, ‘ यसलाई हामी छलफल गरेर पारित गर्नेछौँ । दोस्रो एजेण्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित केही संगठनात्मक प्रस्तावहरु हुनेछन् । तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रश्ताव पारित गर्नेछौँ ।’ दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend