९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मुस्ताङमा उल्टो दिशामा हावाहुरी !


जनमञ्च संवाददाता
  • ३० फाल्गुन २०७८ , सोमबार

  • मुस्ताङमा उल्टो दिशामा हावाहुरी !
    फाइल तस्वीर : जोमसोम हवाईमैदान ।

    मुस्ताङ, ३० फागुन – आकर्षक दृश्य, जैविक विविधतायुक्त भूगोल रहेको हिमालपारि अवस्थित मुस्ताङमा अनौठो मौसमी विशेषता पाइन्छ । अन्नपूर्ण-धौलागिरि हिमशृंखलाले छेक्ने हुँदा मुस्ताङमा ९ महिना छायावृष्टि हुने र सुक्खा चिसो हावा दक्षिणबाट उत्तरतर्फ बहने गर्छ । तर फागुन, चैत र वैशाख तीन महिना उत्तरबाट दक्षिणतर्फ उल्टो दिशामा हावा चल्ने गर्छ । मुस्ताङमा हावा बिहानभन्दा दिउँसो र साँझ तीव्र भई बहन्छ ।

    कालीगण्डकी नदीको निरन्तर कटानले बनेको संसारको सर्वाधिक साँघुरो ‘अन्धगल्छी’ मुस्ताङमा हावा छिर्ने र झर्ने घाटी हो । फागुन-चैत-वैशाखमा मुस्ताङको उत्तरबाट दक्षिण बग्ने हावा बेगले अन्धगल्छीको घाटीबाट छिर्ने चिसो सुक्खा हिमाली हावालाई उत्तरी हावाहुरी भन्ने गरिन्छ ।

    ‘यो उत्तरी हावाहुरीको सिजन हो । तल गर्मी बढ्न थालेपछि मुस्ताङको चिसो हावा माथिबाट तलतिर लाग्छ । यो बेला अति तीव्र हावाहुरी चल्ने गर्छ,’ अन्नपूर्ण गाउँपालिका-३ दानाका गंगा पुनले भने, ‘उत्तरी हुरीको पहिलो प्रभाव दानामा पर्छ । हामीले बर्सेनि हावाहुरीले आगो फैलाउने, घर, विद्यालयका छाना उडाउनेसमेत कुनै न कुनै दुर्घटना बेहोरेका छौं ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend