८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

१५ दिनमै मोटोपन घटाउने कुरा सात दिनमै अंग्रेजी फरर भनेजस्तै हो: संजय महर्जन, पोषणविद्


संजय महर्जन
  • ३० फाल्गुन २०७८ , सोमबार

  • १५ दिनमै मोटोपन घटाउने कुरा सात दिनमै अंग्रेजी फरर भनेजस्तै हो: संजय महर्जन, पोषणविद्

    जीवनशैलीगत कमजोरीका कारण पछिल्लो समय शहरी भेगका मान्छेमा मोटोपनाको समस्या बढ्दो छ । विशेषगरी शारीरिक अभ्यासको अभावका कारण शहरी भेगका मान्छेमा मोटोपना हुने र यसबाट विभिन्न दीर्घरोगको समस्या निम्तिने गरेको पाइन्छ । त्यसैले मान्छे मोटोपनाको उपचारको लागि चिन्तित छन् । यही मौकामा एक हप्तादेखि १५ दिनसम्ममा मोटोपना घटाउने उपाय भनेर किटो डाइटलाई पनि अघि सार्ने गरिएको पाइन्छ । तर किटो डाइट मोटोपनाको निर्विकल्प उपाय हो त ?

    धेरैजसोले कार्बोहाइड्रेटलाई तौल बढाउने कारण मान्छन् । त्यही कारण उनीहरु आफ्नो छाकबाट कार्बोहाइड्रेटयुक्त खानेकुुरा कटौती गर्छन् । जबकि स्वस्थ जीवनका लागि बोसो र प्रोटिन जति जरुरी हुन्छ, कार्बोहाइड्रेट पनि उत्तिनै महत्वपूर्ण हुन्छ । कार्बोहाइड्रेट प्राथमिक ऊर्जाको स्रोत हो ।

    कार्बोहाइड्रेट कार्बनिक पदार्थ हो जसमा कार्बन, हाइड्रोजन वा अक्सिजन हुन्छ । यसमा हाइड्रोजन र अक्सिजनको अनुपात जल समान हुन्छ । कतिपय पोषणविद त के पनि भन्छन् भने कार्बोहाइड्रेटले पाचनतन्त्र सुधार्न मद्दत गर्छ । यसैले सन्तुलित आहारका लागि कुनैपनि खानेकुरा हटाउन जरुरी छैन । सही मात्रामा र सही ढंगले खानुपर्छ । एक हप्ता र १५ दिनमा नै मोटोपना घटाउन सकिन्छ भन्ने कत्तिको स्वाभाविक कुरा हो ? यस विषयमा पोषणविद् सञ्जय महर्जन भन्छन् :

    १५ दिनमा नै मोटोपन घटाउने भनेर जुन हल्ला गरिन्छ, वास्तवमा त्यसमा मोटोपना नभएर वाटर वेट मात्र घट्ने गर्छ । यसले दिगो रूपमा शरीरलाई फाइदा पु¥याउँदैन । यसलाई सबैले बुझ्ने भाषामा भन्ने हो भने १५ दिनमै मोटोपन घटाउँछौं भन्नु भनेको सात दिनमै अँग्रेजी सिक्नुहोस् भनेर गरेको विज्ञापन जस्तै हो । त्यसैले त्यो व्यावहारिक र उचित उपाय होइन ।

    कसैलाई मोटोपनाको समस्या छ भने त्यसको निवारणको लागि व्यायाम र खाना दुवैमा सन्तुलन मिलाउनु पर्छ । तर सन्तुलन कसरी मिलाउने भन्ने कुरा मान्छेको उमेर र तौलको आधारमा फरक हुने गर्छ । त्यहीअनुसार आफ्नो खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ ।

    कतिपय मान्छेले मोटोपना घटाउने बहानामा कार्बाेहाइड्रेड नखाने, फ्याट नखाने जस्तो गल्ती गरेको पाइन्छ । यसले शारीरिक सन्तुलनमा असर गर्छ । भिटामिन, मिनेरल जस्ता शारीरिक वृद्धिको लागि आवश्यक पदार्थहरु मोटोपना घटाउने नाममा कटौंती गरिँदा यसले सन्तुलनमा असर गर्छ । त्यसैले मोटोपना घटाउने नाममा कार्बाेहाइड्रेड पूर्ण त्याग गर्नेभन्दा पनि यसलाई आवश्यकता अनुसार कटौती गर्न सकिन्छ । तर, कार्बाेहाइड्रेड युक्त खानेकुरा खाँदै खान्न भन्नु उचित कुरा होइन । 

    किटो डाइटले हाम्रो शरीरमा रहेको किटोसिस भन्ने प्रक्रियालाई सहयोग गर्छ । यसको छुट्टै प्रक्रिया हुन्छ । किटो डाइटमा कार्बाेहाइड्रेडको मात्रा शून्य हुन्छ भने फ्याटको मात्रा बढी हुन्छ । धेरै फ्याटले भोक मार्छ । त्यसैले किटोडाइट लिनु भनेको कार्बाेहाइड्रेड र प्रोटिन पनि कम गर्नु हो । किटोडाइट पनि एउटा प्रक्रिया पूरा गरेर लिनुपर्छ । होइन भने यसले असर गर्न सक्छ । 

    किटो डाइट लिँदा जसरी कार्बाेहाइड्रेट कटौती गर्दा शरीरको सन्तुलनमा असर पर्छ । पछिल्लो समय कुनै अध्ययनविना नै मोटोपना घटाउने बहानामा कार्बाेहाइडयुक्त खाना नलिने चलन चलेको छ, यसले शरीरमा असन्तुलन पैदा गराएर समस्या सिर्जना गर्न सक्छ ।

    अहिले किटो डाइटको मुख्य समस्या भनेको यसमा अध्ययन विना नै प्रयोग सुरु भएको छ । यो मुख्यतः युरोपबाट सुरु भएको चलन हो । तर यसलाई नेपाल सुहाउँदो हावापानीमा ढालेर प्रयोग गर्ने गरिएको छैन । युरोपमा यसको जसरी प्रयोग हुन्छ, त्यसरी नै नेपालमा पनि प्रयोग गर्ने चलन देखिन्छ । जुन उचित होइन । उदाहरणको लागि नेपालको तराई भेग र हिमाली भेगमा भिन्नभिन्न खानपान संस्कार छ । जस्तो, तराई भेगमा धेरै फ्याट युक्त खानेकुरा खाने हो भने त्यसले पाचन प्रणालीलाई असर गर्छ । त्यसैले अध्ययन गरेर मौसम अनुसारको खानपान संस्कारमा ध्यान दिनुपर्छ । 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend