९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कांग्रेसबाट निर्वाचित ढोरपाटन-६ का वडाध्यक्ष पुन एमालेमा प्रवेश


जनमञ्च संवाददाता
  • १ चैत्र २०७८ , मंगलबार

  • कांग्रेसबाट निर्वाचित ढोरपाटन-६ का वडाध्यक्ष पुन एमालेमा प्रवेश

    बागलुङ, १ चैत – जिल्लाको ढोरपाटन नगरपालिका-का ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर मंगलवार एमालेमा प्रवेश गरेका छन् । वडाध्यक्ष पुनसहित नेपाली कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समवहादुर अदै, मिलन अदै, मदन घर्ती लगायत पनि एमालेमा प्रवेश गरेको एमाले जिल्ला उपाध्यक्ष लक्ष्मण पुनले वताए।

    सोही कार्यक्रममा माओवादीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्तीमगरसहित माओवादी कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरु सवैलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य तथा ढोरपाटन नगरप्रमुख देव कुमार नेपालीले खादा र टीका लगाएर एमालेमा स्वागत गरे ।

    बुर्तिवाङमा आयोजित एमालेका भातृ संगठन राष्ट्रिय युवा संघको ढोरपाटन नगरस्तरीय भेलामा पुनसहितका युवाहरु एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष पुनले एमालेले जनताको भावना अनुसार काम गर्ने देखेर आफुहरु पार्टीमा प्रवेश गरेको वताए ।

    नवप्रवेशीलाई स्वागत गर्दै नगरप्रमुख नेपालीले जनताको भावना अनुसार एमालेले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पुरा गर्न काम गर्ने वताए । उनले नगरवासी सवैलाई एमालेको मुलधारमा सहभागी हुन आग्रह समेत गरे ।

    २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ लिएर जितेका थिए । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो । पुनको प्रवेशले त्यस वडामा एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको उपाध्यक्ष पुनले वताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend