८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

यस्तो छ एमालेको उम्मेदवार छान्ने मापदण्ड


जनमञ्च संवाददाता
  • १ चैत्र २०७८ , मंगलबार

  • यस्तो छ एमालेको उम्मेदवार छान्ने मापदण्ड

    काठमाडौं, १ चैत – नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड तयार गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

    सचिवालयले पारित गरेको मापदण्ड अनुसार एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस पार्टीको वडा कमिटीले गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने छ । विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला पार्टी कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने प्रमुख गुरुङले बताए ।

    त्यसैगरी महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकटको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने र टिकटको निर्णय केन्द्रिय कमिटीले गर्ने छ । ‘कुनै स्थानका उम्मेदवारहरुको बारेमा विवाद भएमा एक तह माथिको कमिटीले त्यस विषयमा निर्णय गर्ने छ’ गुरुङले बताए ।

    एमाले स्थानीय तह निर्वाचनका लागि केन्द्रले नै घोषणापत्र तयार पार्ने भएको छ । बुद्धिजीवी परिषद्‌को प्रस्तावमा नीति अनुसन्धान प्रतिष्ठानको समन्वयमा तयार हुने घोषणा पत्रलाई केन्द्रीय कमिटीले पारित गर्ने प्रमुख गुरुङले बताए । ‘बुधबार त्यस विषयमा कार्यशाला गोष्ठी हुँदैछ,’ गुरुङले भने, ‘केन्द्रको घोषणापत्र हुन्छ र ७ सय ५३ स्थानीय तहको प्रतिबद्धता पत्र जारी गर्छन् ।’

    प्रतिबद्धता पत्रमा स्थानीय तहले हालसम्म गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा विवरण रहने छ । उम्मेदवार छनोटको मापदण्ड चैत ९ र १० गते हुने केन्द्रीय कमिटीको बैठकले तय गर्ने छ । ‘केन्द्रीय कमिटीको बैठकमा प्रदेशका अध्यक्षहरुले समग्र कामको रिपोर्ट गर्छन्,’ गुरुङले भने, ‘हाम्रो पार्टी र अन्य दलहरुको अवस्थामा कस्तो छ भन्ने विषयमा जिल्लागत रिपोर्टिङ हुनेछ ।’

    स्थानीय चुनावकै बारेमा केन्द्रित रहेर सचिवालयको बैठक भएको र चुनावी रणनीति बनाउन एमालेले चैत ७ गते पोलिटव्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी र चैत १३ गते स्थायी कमिटी बैठक बस्ने प्रमुख गुरुङले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend