२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

रुसले लगायो बाइडेनलाई प्रतिबन्ध


जनमञ्च संवाददाता
  • २ चैत्र २०७८ , बुधबार

  • रुसले लगायो बाइडेनलाई प्रतिबन्ध

    काठमाडौं, २ फागुन – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। रुसको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

    यो प्रतिबन्ध अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड औस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र सीआईए प्रमुख विलियम बर्न्समाथि पनि लागू हुनेछ।

    रुसी विदेश मन्त्रालयले यो प्रतिबन्ध अन्य मानिसहरु पनि प्रभावित हुने बताएको छ। रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै पश्चिमा मुलुकले रुसलाई प्रतिबन्ध लगाएका छन्।

    साथै रुसी कम्पनी तथा धेरै रुसी नागरिकविरुद्ध पनि पश्चिमा मुलुकले प्रतिबन्ध घाेषणा गरेका छन्। ​प्रतिक्रियास्वरुप रुसले पनि अमेरिकी अधिकारीलाई प्रतिबन्ध लगाएकाे हो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend