९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माटोको सहर लोमान्थाङ बन्यो उत्कृष्ट गाउँपालिका


जनमञ्च संवाददाता
  • २ चैत्र २०७८ , बुधबार

  • माटोको सहर लोमान्थाङ बन्यो उत्कृष्ट गाउँपालिका

    बागलुङ, २ चैत – माटोको सहरको उपमा पाएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइन पुगेको छ । मुस्ताङे राजाको दरबारसमेत रहेको लोमान्थाङ ५ मा बिजुलीका तार भुइँमा बिच्छ्याइएको छ । वडा नम्बर ५ का अध्यक्ष रिञ्जिन दोर्जे विष्टका अनुसार केन्द्रीय प्रशारण लाइनको बिजुलीलाई गाउँभन्दा माथिसम्ममात्रै लगिएको छ । माटोका दरबार क्षेत्रका बाटाहरुको स्तरोन्नति गरिएको छ र सम्पदा बचाउन विशेष अभियानसमेत थालिएको छ । लोमान्थाङमा बाटो पुगेको छ तर सबै महिना चल्दैन । बहुचर्चित कोरला–त्रिवेणी सडक यही गाउँ हुँदै जान्छ ।

    हिमालपारीको यो चर्चित गाउँपालिका पछिल्लो समय यत्तिले मात्र हैन, कामका कारण पनि चर्चामा छ । गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७ साल अर्थात् अघिल्लो आर्थिक वर्षमा सम्पादित कामहरुको मूल्याकङ्नको आधारमा लोमान्थाङलाई जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो ।

    हालै सार्वजनिक ‘स्थानीय तह क्षमता स्वमूल्यांकन’का अनुसार कुल ६४ अंक प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा विभिन्न १० वटा सूचक एवं एक सय उपसूचकमा स्वमूल्यांकन समेटिएको थियो । त्यसमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह,न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० सूचक रहेका थिए ।

    उपसूचकमा रहेका अन्य एक सय प्रावधानका आधारमा पनि मूल्याङ्कन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मुस्ताङका ५ मध्ये लोमान्थाङले ६४ अंक प्राप्त गरेको छ । मुस्ताङका ५ मध्ये घपरझोङले ५०.५, लोघेकर दामोदर कुण्डले ५८, बाह्रगुङ मुक्तिक्षेत्रले ५७.२५ र थासाङले ५२.२२ अंक प्राप्त गरेका छन् । मन्त्रालयले स्थानीय तहको समग्र स्थितिमा २१,प्रक्रियागतमा ३४ र परिमाणात्मकमा ४५ प्रतिशत अंकभार तय गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend