९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
'आगामी निर्वाचन जीवन मरणको लडाइँ'

प्रचण्डले कार्यकर्तालाई भने, गठबन्धनबाट जितौँला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्


जनमञ्च संवाददाता
  • २ चैत्र २०७८ , बुधबार

  • प्रचण्डले कार्यकर्तालाई भने, गठबन्धनबाट जितौँला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्

    काठमाडौं, २ चैत – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनसम्म गठबन्धन नरहने संकेत गरेका छन्। पार्टीको उपत्यका विशेष प्रदेश समिति/ सम्पर्क समन्वय विशेष प्रदेश समिति/प्रवास समन्वय समितिको वैचारिक-राजनीतिक प्रशिक्षणलाई बुधबार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा प्रचण्डले यस्तो संकेत गरेका हुन्।

    उनले आगामी तीनै तहको निर्वाचन माओवादीका लागि जीवन मरणको लडाइँ भएको पनि बताएका छन्। ‘आगामी निर्वाचनमा गठबन्धनबाट जितौँला र खाउँला भन्ने कुरा दिमागबाट हटाइदिनुस्’, उनले सम्बोधनका क्रममा कार्यकर्तालाई भने, ‘आगामी निर्वाचन हाम्रा लागि जीवन मरणको लडाइँ भएर आउँदैछ। हाम्रा लागि यो ‘लाइफ एन्ड डेथ’को सवाल भएको छ। जसलाई हामीले जित्नै पर्ने भएको छ।’

    उनले कांग्रेसतिर संकेत गर्दै भाग छाडिदिन्छ र खाउँला भन्ने आशा नगर्न दोहोर्‍याए। ‘आगामी निर्वाचनमा गठबन्धन हुन्छ, उनीहरुले छाड्छन् र खाउँला भन्ने छाड्नुस्’, उनले भने, ‘हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा उभिएर आफ्नै तागत र बलमा चुनाव जित्छौँ भन्ने आत्मविश्वास हामीलाई चाहिएको छ।’

    प्रचण्डले आगामी निर्वाचन एक्लै लड्ने अवस्था आइरहेको कुरा आफूले सबै भौगोलिकसहितका समितिलाई बताइएको पनि उल्लेख गरेका छन्। ‘मैले यो कुरा सबै भौगोलिक कमिटीलाई पनि भनेको छु। नारायणकाजी कमरेडले पनि यो कुरा आज पनि भन्नु भएको छ’, उनले भने, ‘हामी एउटा लडाइँमा जाँदैछौँ। यो लडाइँ जित्नै पर्छ नजिती हुँदैन। यदि जितिएन भने त्यसको परिणाम तपाईंहरुलाई थाहा नै छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend