२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
माओवादी लुम्बिनी अध्यक्षमा सुदर्शन बराल

एमालेसँग तालमेलको ढोका खुलै छः वर्षमान पुन


जनमञ्च संवाददाता
  • २ चैत्र २०७८ , बुधबार

  • एमालेसँग तालमेलको ढोका खुलै छः वर्षमान पुन

    रुपन्देही, २ चैत – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आफूहरुले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्। पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरुको रहेको बताए।

    ‘सत्ता गठबन्धनका दलहरुबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ,’ पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन।’  यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको भनाइ थियो। ‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं,’ पुनले भने।

    उनले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुनायोग्य काम भएको उनको दाबी थियो।

    कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले जिकिर गरे। ‘देशभर उत्कृष्ट ठहरिएका पाँचमध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ,’ उनले भने। माओवादीले जितेका ११६ वटै पालिकामा अन्य दलले जितेकाभन्दा राम्रो काम भएको उनले दाबी गरे।

    माओवादी लुम्बिनी अध्यक्षमा बराल

    नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल मगर चुनिएका छन्। सो पार्टीको बुधबार कपिलवस्तुमा बसेको प्रदेश समितिको पहिलो पूर्ण बैठकले बराललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

    यस्तै दुर्गा थारु र लुमाकान्त न्यौपाने उपाध्यक्ष, कृष्ण अधिकारी सचिव, अक्कलबहादुर बम र काशीराम यादव सहसचिव तथा पार्वती विक कोषाध्यक्ष चुनिएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend