८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

स्थानीय निर्वाचनमा सबै दलले आफ्नै चुनाव चिह्न पाउने


जनमञ्च संवाददाता
  • २ चैत्र २०७८ , बुधबार

  • स्थानीय निर्वाचनमा सबै दलले आफ्नै चुनाव चिह्न पाउने

    काठमाडौं, २ चैत – आगामी स्थानीय निर्वाचनमा सबै दलले आफ्नै दलको चुनाव चिह्न पाउने भएका छन्। अहिलेसम्म राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै आफ्नै चुनाव चिह्न पाउँदै आएका थिए। साना दलले आफ्नो चिह्नमा चुनाव लड्न पाउनुपर्ने माग गर्दै आएका छन्।

    यसका लागि निर्वाचन आयोगले साना दललाई विवरण माग गरेको छ। तीन-चार दिनभित्र विवरण पठाउन पत्राचार गरेको निर्वाचन आयोगले जनाएको छ।

    दलहरुले विवरण पठाएपछि यस सम्बन्धी निर्णय हुने एक आयुक्तले बताए। ‘कानूनमा त दिने व्यवस्था छैन, तर हामी सबैलाई उनीहरुकै चिह्न दिने निर्णय गर्छौ,’ उनले भने।

    राजनीतिक दललाई सबै जिल्लामा विवरण टिपाउन पत्राचार गरेको छ। आयोगले जिल्लामा प्राप्त दलको विवरणलाई जिल्ला निर्वाचन कार्यालयले जाँचबुझ गरी ७ चैतसम्म केन्द्रीय कार्यालयमा पठाउन पत्राचार गरेको छ।

    स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूले मात्रै पार्टीको चिह्न पाउने संविधानमा व्यवस्था छ । सोहीअनुसार  ६ वटा ठूला दलले दलकै चिह्न पाउँछन् । निर्वाचनका लागि ७९ दल दर्ता भएका छन् ।

    अरू ७६ दलले स्वतन्त्रमा चिह्नमा नउठ्ने चेतावनीसमेत दिन थालेपछि आयोगले सोही आयोगले छलफल चलाएको हो । संगठन विस्तारको अवस्था हेरेर सोहीअनुसार  पार्टीकै चुनाव चिह्न दिने आयोगको तयारी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend