८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमालेसँगको तालमेल कांग्रेसमा भर पर्छ : प्रचण्ड


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • एमालेसँगको तालमेल कांग्रेसमा भर पर्छ : प्रचण्ड

    रुपन्देही, ३ चैत – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा (एमाले)सँग चुनावी तालमेलको सम्भावना नभएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भन्ने कुनै कुरा नहुने पनि बताए ।

    एमालेसँगको तालमेल कांग्रेसको गतिविधिमा भर पर्ने उनले उल्लेख गरे । “एमालेसँग सहमति र सहकार्य हुने त देखेका छैनौँ हामीले । एक हदसम्म नेपाली कांग्रेससँग पनि भर पर्ने कुरा हो । राजनीतिमा असम्भव भन्ने कुरा त हुँदैन,” प्रचण्डले भने ।

    उनले कांग्रेसका नेताहरूले अतिवादी ढंगले बोलेको आरोप पनि लगाए । “नेपाली कांग्रेसका केही नेताहरू भन्ने गर्छन् नि माओवादीसँग चुनावमा तालमेल गरिँदैन, हुनै सक्दैन भन्ने असाध्यै अतिवादी ढंगले बोल्ने केही नेता देखिनुभएको छ,” उनले भने, “हुन त प्रधानमन्त्रीजीले उहाँहरूलाई बोल्न बन्द गर भनिसक्नुभएको छ । कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन ।”

    प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको पक्षमा रहेकाले गठबन्धनभित्रै तालमेल हुने उनको भनाइ छ । आफ्नै संगठनको बलमा चुनाव जित्ने र गठबन्धन बचाउनेतिर आफ्नो ध्यान रहेको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend