९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सानातिना पार्टीहरु विस्तारै हराउँदै जान्छन्: महासचिव पोखरेल


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • सानातिना पार्टीहरु विस्तारै हराउँदै जान्छन्: महासचिव पोखरेल

    काठमाडौं, ३ चैत – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरु साना कम्युनिस्ट पार्टीलाई चुनावमा हराएर एमालेमा समाहित गर्ने बताएका छन् । अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले भने, ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौं सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्तालाई आफूसित ल्याउने’ उनले भनेका छन् ।

    महासचिव पोखरेलले भने, ‘अब हाम्रो बाटो एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने हो । अहिले थुप्रै छन् । तर, ती पार्टीहरुलाई हामीले चुनाव जित्न नसक्ने तहमा पुर्‍यायौं भने हराएर जान्छन् ।’

    नेपालमा ठूलो पार्टी फुटाएर जानेहरु कसैले पनि ठूलो पार्टी बनाउन नसकेको उनले बताए । ‘मोहन वैद्यहरु एक प्रकारले प्रचण्डकै हाराहारीको शक्ति लिएर विभाजित भएका थिए । तर, आज कस्तो अवस्था छ ? कुनै ठाउँमा चुनाव लडेर चुनाव जित्ने ठाउँ छ र ? छैन’ उनले थपे, ‘चुनाव जित्न नसक्ने भएपछि भनिरहेका छन् हामी क्रान्तिकारीहरु हो चुनावमा भाग लिँदैनौं ।’

    अबको राजनीतिक व्यवस्था आर्थिक विकास र समृद्धिको भएकाले सरकारको नेतृत्व गर्न नसक्ने दलको अर्थ नहुने पोखरेलले बताए । ‘आर्थिक अवस्थामा रुपान्तरणको राजनीतिभित्र सरकारको नेतृत्व गर्न नसक्ने पार्टीहरुको के अर्थ छ र ? केही पनि छैन । यस अर्थमा नेपालमा सानातिना पार्टीहरु विस्तारै हराउँदै जान्छन् । र त्यसको ठाउँ ठूला पार्टीले लिन्छन्’ उनले भने ।

    उनले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने बताए। ‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौं भन्दा त्यसलाई हराइदिने हो । भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ’ पोखरेलले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend