९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माओवादी काठेखोलाको पार्टी कमिटी नै एमालेमा प्रवेश


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • माओवादी काठेखोलाको पार्टी कमिटी नै एमालेमा प्रवेश
    नेकपा माओवादी केन्द्र वार्ड कमिटीको माइन्युट एमाले इन्चार्ज खुम भण्डारीलाई हस्तान्तरण गर्दै वार्ड कमिटी अध्यक्ष देवेन्द्र खत्री । तस्वीरः जनमञ्च

    बागलुङ, ३ चैत – बागलुङमा नेकपा माओवादी केन्द्रको सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेश गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाको नेकपा माओवादी केन्द्रको वार्ड कमिटी नै विहिवार नेकपा एमालेमा समाहित भएको हो ।

    धम्जामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र काठेखोला-३ वार्ड कमिटीका अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमाले काठेखोला-३ का इन्चार्ज खुम वहादुर भण्डारीलाई पार्टीको वार्ड कमिटीको माइन्युट हस्तान्तरण गरी पुरै कमिटी एमालेमा समाहित भएको घोषणा गरे ।

    नेकपा माओवादी केन्द्रले जनताको भावना विपरित कार्य अगाडि बढाएको भन्दै आफुसहित सिंगो वार्ड कमिटी नै एमालेमा समाहित भएको खड्काले वताए ।

    एमालेका जिल्ला सचिवालय सदस्य एवं धम्जा इन्चार्ज भण्डारीले एमालेमा समाहित सवैलाई पार्टीले न्यायपूर्ण जिम्मेवारी दिने वताए । उनले धम्जामा नेकपा एमालेप्रति प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिए ।

    सोही अवसरमा नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटीका उपाध्यक्ष विष्णु खड्का सहितका नेता तथा कार्यकर्ताहरुलाई एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसी, गण्डकी प्रदेश कमिटी सदस्य डिल्लीराज गौतम, जिल्ला सदस्य अमर थापा, गाउँ पार्टी कमिटीका अध्यक्ष डिलवहादुर कार्की लगायतका नेताहरुले स्वागत गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend