२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पल शाहविरुद्ध नवलपुर अदालत बलात्कार मुद्दा दर्ता, तनहुँमा अनुसन्धान जारी


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • पल शाहविरुद्ध नवलपुर अदालत बलात्कार मुद्दा दर्ता, तनहुँमा अनुसन्धान जारी

    नवलपुर, ३ चैत – किशोरी बलात्कारको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार मुद्दा दर्ता भएको छ ।

    किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन् । ती किशोरीको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

    किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन् । एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको आरोप ती युवतीको छ ।

    जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो ।

    जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो ।

    कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

    शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

    अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार ४ दिनअघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ ।

    शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै किशोरीले बलात्कारसम्बन्धी उजुरी दिएकी छन् । तनहुँभन्दा पहिला यहाँको अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएकाले एउटै अदालत (तनहुँ र नवलपुर) मा मुद्दा आउन सक्ने प्रहरीको भनाइ छ ।

    ‘समान प्रकृतिको मुद्दा भए एउटै जिल्ला अदालतमा हेर्ने चलन पनि छ । यो अदालतको तजबिजको कुरा भयो,’ प्रहरी स्रोतले भन्यो ।

    हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन् । तनहुँमा भने प्रहरी अनुसन्धानकै क्रममा छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend