९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
स्थानीय तह निर्वाचन

उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


ढोरपाटन संवाददाता
  • ४ चैत्र २०७८ , शुक्रबार

  • उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

    काठमाडौं, ४ चैत – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम पास गरेको छ। आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

    आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

    त्यसैगरी, वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ । वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

    सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने छ।
    वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनअन्तर्गत् २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend