२३ भाद्र २०८३ , मंगलबार

२३ भाद्र २०८३ , मंगलबार
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सूर्यमा तेज छैन, ग्रहण लागिसक्यो : माधव नेपाल


जनमञ्च संवाददाता
  • ६ चैत्र २०७८ , आइतबार

  • सूर्यमा तेज छैन, ग्रहण लागिसक्यो : माधव नेपाल

    काठमाडौं, ६ चैत – सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभर आफ्नो पार्टीको लहर चलेको दावी गरेका छन् । शनिबार धादिङमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    ‘एकीकृत समाजवादी पार्टीको लहर चलिरहेको छ । हिमालदेखि पहाडसम्म आशा जगाएको छ । उमंग पैदान गरेको छ । आत्मविश्वास बढाएको छ । किन बढाएको छ भने, हाम्रो पार्टी सही बाटोमा अगाडि बढ्दै छ । सही नीति लिएर अगाडि बढ्दै छ,’ उनले भने ।

    आफ्नो पार्टी इमानदार व्यक्तिहरूको पार्टी भएको उनले उल्लेख गरे । नयाँ पार्टी घोषणा गरेको ६ महिना मात्रै बित्दा पनि यसप्रति आकर्षण देखिएको उनको भनाइ छ ।

    ‘यो पार्टी गफाडीहरूको पार्टी होइन । यो काम गर्ने योद्धाहरूको, इमानदार व्यक्तिहरूको पार्टी हो,’ उनले भने, ‘त्यसो हुनाले जनताले हामीलाई पत्याइरहेका छन् । एउटा असल कम्युनिस्टको रूपमा हामीलाई पत्याइरहेका छन् ।’

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा लागेको आरोप पनि उनले लगाए । अब एकीकृत समाजवादीको चुनाव चिह्न कलम चम्कन थालेको जिकिर उनले गरे ।

    ‘ओलीले दक्षिणपन्थी बाटो समातेका छन् । त्यो एमालेमा त्यो क्रान्तिकारी ओज छैन । सूर्यमा अब तेज छैन । त्यसमा ग्रहण लागिसकेको छ,’ उनले भने, ‘अब चम्केको छ कलम । कलम चम्किएर गाउँगाउँमा पुगिरहेको छ । बस्तीबस्तीमा पुगिरहेको छ ।’

    उनले सत्ता गठबन्धन तोड्न षड्यन्त्र भइरहेको दाबी पनि गरे । पुरानो पार्टीमा क्रान्तिकारी धार भुत्ते भएर गएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend