९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर : प्रचण्ड


जनमञ्च संवाददाता
  • ६ चैत्र २०७८ , आइतबार

  • माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर : प्रचण्ड

    पोखरा, ६ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका छन्।

    प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले तालमेलबिना नै माओवादी फेरि पहिलो पार्टी बन्न सक्ने बताए। ‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ आज बिहान पोखरामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भने, ‘०७४ को परिणाम हाम्रा अगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौं।’

    उनले लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया पूरा गर्नेदेखि जनतालाई अधिकार दिने विषय माओवादीले मात्र पूरा गर्न भएकोले फेरि माओवादी पहिलो पार्टी हुनेमा आफू विश्वस्त रहेको बताए। ‘बीचमा गल्ती गरिएछ भन्ने जनतालाई फिल भएको छ,’ उनले भने, ‘सिन्धुलीमा उभार देखा परेको छ। त्यहाँ साथीहरूले भरपर्दो तरिकाले एक नम्बर भएर देखाउँछौं भन्नुभएको छ। एकचोटी फेरि माओवादी आउनैपर्छ।’

    उनले तालमेल गरेरभन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय चुनावमा जाने बताए। तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उनको भनाइ थियो। उनले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको जिकीर गरे ।

    उनले देशैभरि माओवादीप्रति सकारात्मक देखिएको र माओवादीलाई काम गर्न दिनुपर्ने मत रहेको बताएका थिए। ‘हामी होइन, हेर्नुहोला अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ,’ उनले भने।

    अध्यक्ष प्रचण्डले आफ्नै बलमा चुनाव लड्ने कुरालाई प्राथमिकता दिँदै गठबन्धन पनि गर्ने बताए । पार्टीको संस्थापन र मूल नेतृत्व गठबन्धन गरेर जाने कुरामा प्रष्ट रहेको उनले उल्लेख गरे।

    उनले ठूलो राजनीतिक दुर्घटनामा जाने हो कि भन्ने स्थिति देखापरेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने उपाय निकालिएको सुनाए। ‘अमेरिकाले पनि सिद्धान्तत स्वीकारेको छ, उनले भने, ‘त्यो भएन भने फेरि राष्ट्रिय स्वाधीनताका लागि संघर्ष गर्न सकिन्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend