९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमालेमा उम्मेदवार सिफारिश गर्दा महिला अनिवार्य


जनमञ्च संवाददाता
  • ८ चैत्र २०७८ , मंगलबार

  • एमालेमा उम्मेदवार सिफारिश गर्दा महिला अनिवार्य

    काठमाडौं, ८ चैत – नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्दा कम्तीमा एक जना महिला अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ।

    काठमाडौंमा सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड पारित गरेको छ। जसमा उम्मेदवारका लागि तीन जनाको नाम सिफारिश गर्दा एक जना महिला अनिवार्य गरिएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए।

    उम्मेदवार छनोट मापदण्डमा स्थानीय तहका वडा सदस्यदेखि महानगरपालिका मेयरसम्मका लागि तीन जना उम्मेदवारको नाम सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ। तीन जनामध्ये कम्तीमा एक जना महिला हुनुपर्ने पोलिटब्यूरो बैठकले निर्णय गरेको हो।

    वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिश वडा कमिटीले गर्ने भएको छ। त्यसका आधारमा जिल्ला कमिटीले टिकट दिने निर्णय गर्नेछ।

    यसै गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिश जिल्ला कमिटीले गर्ने मापदण्ड तय गरिएको छ। त्यसका आधारमा प्रदेश कमिटीले टिकट दिनेछ।

    यस्तै, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिश गर्ने मापदण्ड बनाइएको छ। दुवै कमिटीले गरेको सिफारिशका आधारमा एमाले केन्द्रीय कमिटीले टिकट दिने निर्णय गर्ने गुरुङले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend