८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मधेशबाहेक ६ प्रदेशमा पहिलो हुने एमाले प्रदेश अध्यक्षको रिपोर्टिङ


जनमञ्च संवाददाता
  • १० चैत्र २०७८ , बिहिबार

  • मधेशबाहेक ६ प्रदेशमा पहिलो हुने एमाले प्रदेश अध्यक्षको रिपोर्टिङ

    काठमाडौं, १० चैत – प्रमुख प्रतिपक्षी नेकपा एमालेको जारी केन्द्री कमिटीको बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेश भएका छन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

    त्यसैगरी महासचिव शंकर पोखरेलले पार्टी हेडक्वार्टर,  विभाग र संगठनहरुको प्रतिवेदन बैठकमा राखेका छन्।

    बुधबारको बैठकमा देशका सातै भौगोलिक प्रदेशका अध्यक्षहरुले आगामी निर्वाचनमा एमालेको पोजिसनसहित अहिलेको अवस्थाबारे विस्तृत रिपोर्टिङ गरेका छन्।

    एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश अध्यक्षबाट रिपोर्टिङका क्रममा प्रदेशको संगठनात्मक अवस्था, कमिटी अधिवेशन, पार्टीमा प्रदेशको स्थिति, अन्य दलसँगको शक्ति सन्तुलन र पार्टी प्रवेश अभियानबारे व्याख्या भएको छ।

    उपमहासचिव गुरुङका अनुसार मधेश प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा एमालेको अवस्था अहिलेसम्म पहिलो रहेको रिपोर्टिङ अध्यक्षहरूबाट भएको पनि जानकारी दिए।

    ‘सबै प्रदेश कमिटी अध्यक्षहरुले पार्टीको अवस्थाबारे विस्तृतमा रिपोर्टिङ गर्नु भएको छ। हजारौँ हजार मानिसहरु एमालेमा आइरहेकोबारे पनि उहाँहरुले चर्चा गर्नु भयो’, गुरुङले भने, ‘रिपोर्टिङका आधारमा मधेश प्रदेशमा बाहेक अन्य ६ वटामा एमालेको अवस्था पहिलो रहेको जानकारी आएको छ।’

    ‘प्रदेश १, बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको कुरा प्रदेश अध्यक्षहरूबाट आएको छ’, उनले भने, ‘मधेश प्रदेशमा राजनीतिक संक्रमणको अवस्था रहेकाले ठोस पोजिसन आएको छैन। त्यहाँ पार्टी प्रवेश अभियान व्यापक भइरहेकाले हाम्रो पोजिसनबारे प्रष्ट हुन केही समय लाग्छ।’

    गुरुङका अनुसार सुदूरपश्चिमको बझाङ तथा गण्डकीका मनाङ र मुस्ताङमा जिल्ला अधिवेशन हुन बाँकी रहेको पनि रिपोर्ट आएको छ।

    गुरुङले अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा राखेको राजनीतिक प्रतिवेदनमाथि भोलि विस्तृतमा छलफल हुने पनि जानकारी दिए।

    ‘अध्यक्षले राख्नु भएको राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यहरुले लिखित रुपमा भोलि आफ्नो राय राख्नु हुन्छ’, उनले भने, ‘त्यसपछि एउटा ठोस निष्कर्ष लिएर हामी सबै स्थानी तह निर्वाचनमा होमिन्छौं।’

    एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बुधबारको बैठकमा प्रदेश १ बाट तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशबाट रामअवतार यादव, बागमतीबाट केशव पाण्डे, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट विनोदकुमार शाह र सुदूरपश्चिमबाट दामोदर भण्डारीले रिपोर्टिङ गरे।

    उनीहरुले आगामी स्थानीय तह निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो शक्ति बन्ने विवरण प्रस्तुत गरेको पनि रिजालले  बताए।

    प्रदेश अध्यक्षहरुले पार्टीप्रति जनआकर्षण बढ्दै, तल्लो तहबाट नै कमिटीहरु चलायमान भएको उल्लेख गरेका छन्। जारी बैठकमा सत्ता गठबन्धन एक भएको अवस्था र नभएको अवस्थाबारेको परिणाममा केन्द्रित भएर पनि कुरा भएको छ।

    ‘प्रदेश कमिटी अध्यक्षहरुले नेकपा (एमाले) लोकप्रिय मतसहित पहिलो शक्ति हुने रिपोर्टिङ गर्नु भएको छ’, रिजालले भने, ‘पार्टीप्रति तीव्र जनआकर्षण बढेको कुरा सबैबाट आयो। आधारभूत तहदेखिकै कमिटीहरू चलायमान भएको रिपोर्टिङ भएको छ। पार्टीमा फुटको असर अत्यन्त न्यून रहेको कुरा पनि उहाँहरूबाट आएको छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend