९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
कसले कति मत पाए ? मतपरिणामसहित

माओवादी गण्डकीमा चुनावः पर्वतका बस्याल,बागलुंगका गैरे र नवलपुरका शर्मा बने उपाध्यक्ष (मतपरिणामसहित)


जनमञ्च संवाददाता
  • १० चैत्र २०७८ , बिहिबार

  • माओवादी गण्डकीमा चुनावः पर्वतका बस्याल,बागलुंगका गैरे र नवलपुरका शर्मा बने उपाध्यक्ष (मतपरिणामसहित)

    पोखरा, १० चैत – प्रदेश अधिवेशनको लामो समयसम्म पनि सहमती नजुटेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशको पदाधिकारी निर्वाचन गरेर छानेको छ ।

    बुधवार राती भएको मतदानमा पर्वतका गुणाखर बस्याल सरोजले उपाध्यक्षमा सर्वाधिक मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्ष ३ पदका लागि भएको निर्वाचनमा बस्यालले १२० मत, बागलुंगका ज्ञामनाथ गैरे अनिलले ९३ मत र नवलपुरका मित्रशरण शर्माले ९० मत ल्याएर बिजयी भएका छन् ।

    पार्टीको प्रदेश अध्यक्षमा यस अगाडि नै भएको निर्वाचनमा गायत्री गुरुङ विजयी भइसकेकी छिन् ।
    उपाध्यक्षका प्रतिस्पर्धी लोक प्रसाद बन्जराले ४८, गंगा पोख्रेलले ४७, केशव पौडेलले ३३ र गीता शाहीले ६२ मत प्राप्त गरेका छन् ।

    यसैगरी सचिव १ पदका लागि भएको निर्वाचनमा गोर्खाका जगन्नाथ खनालले १०० मत प्राप्त गरी बिजयी बनेका छन् । प्रस्पर्धी बिष्णु भट्टले ७४ मत पाएका छन् ।

    प्रदेश सहसचिव ३ पदका लागि भएको निर्वाचनमा अतिन्द्र केशरी न्यौपानेले ११३, मेख वहादुर भण्डारी १०४ र टेक वहादुर विकले १०९ मत ल्याई बिजयी बनेका छन् । प्रतिस्पर्धी कल्पना अर्यालले ६६, राज कुमार दुलालले ५१ र जीवन खातीले २३ मत प्राप्त गरेका छन् ।

    कोषाध्यक्ष १ पदका लागि भएको निर्वाचनमा तारा भुसालले ११९ मत प्राप्त गरी बिजयी बनेका छन् भने प्रतिस्पर्धी भिम वहादुर विकले २३ र मेख वहादुर विकले ३२ मत प्राप्त गरेका छन् ।

    मतदानद्धारा बिजयी हुनेहरु अधिकांश जनयुद्धमा नै नेतृत्व गरेका र भाग लिएका ब्यक्तिहरु रहेको माओवादीका एक पदाधिकारीले वताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend