९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्दै चीन


वाशुदेव मिश्र
  • ११ चैत्र २०७८ , शुक्रबार

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्दै चीन

    पोखरा, ११ चैत – चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएका छन्। उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ ऋण सहयोगमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गर्ने भएका हुन्।

    ‘९३ प्रतिशत भौतिक काम सकिएको विमानस्थललाई प्रतिकात्मक रुपले नेपाल सरकारलाई बुझाउने कार्यक्रम तय भएको छ’,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका उपप्रबन्धक तथा इञ्जिनियर कृष्ण पौडेलले भने,‘ शनिबार साँझ ६ बजे विमानस्थल निर्माणस्थलमै आएर पर्यटनमन्त्री प्रेम आलेज्यूले निर्माण पक्षलाई धन्यवाद ज्ञापनसहित मायाको चिनो दिने र उता प्रधानमन्त्रीज्यूलाई चिनियाँ विदेशमन्त्रीज्यूले प्रतिकात्मक चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ।’

    चालु अंग्रेजी वर्षको जुलाइ १० मा विमानस्थलको लागि तोकिएको समयावधि सकिँदैछ। पोखरा विमानस्थल चीनको एक्जिम बैंकको ऋण सहयोगमा त्यहाँको सिसीएमी कम्पनीले निर्माण गरिरहेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend