२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

नेपाल र चीनबीच नौ बुँदे सम्झौता


जनमञ्च संवाददाता
  • १२ चैत्र २०७८ , शनिबार

  • नेपाल र चीनबीच नौ बुँदे सम्झौता

    काठमाडौं, १२ चैत – नेपाल र चीन सरकारबीच विभिन्न नौवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा दुई देशका प्रतिनिधिबीच नौ समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    नेपाल र चीनबीच नेपाल-चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल-चीन अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणका विषयमा समझदारी भएको छ । यस्तै, नेपालमा चिनियाँ स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्नेलगायत विषयमा  समझदारी भएको छ ।

    यसअघि, शनिबारै सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच दुईपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।  विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend