२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

महावीर पुनको आविष्कार केन्द्रलाई एक करोड राशीको पुरस्कार


जनमञ्च संवाददाता
  • १२ चैत्र २०७८ , शनिबार

  • महावीर पुनको आविष्कार केन्द्रलाई एक करोड राशीको पुरस्कार

    काठमाडौं, १२ चैत – गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन र उनीद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।

    नेपालको विकासमा वैज्ञानिक एवम् सामाजिक अभियन्ता पुन र आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप गैरआवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्वारा संयुक्तरुपमा एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न‘ पुरस्कार प्रदान गरिएको हो।

    बीबी फाउन्डेसनका अध्यक्ष तथा गैरआवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले शनिबार १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।

    हरेक दुइ दुई वर्षमा प्रदान गरिने ‘भवन कीर्ति रत्न‘ पुरस्कार गैरआवासीय नेपाली संघको १० औं सम्मेलनका अवसरमा प्रथम पटक प्रदान गरिएको हो।

    गैरआवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बीबी फाउण्डेसनले नेपाल र नेपालीको लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली तथा संस्थालाई संघको सम्मेलनको अवसरमा प्रदान गरिने बीबी फाउण्डेसनले जनाएको छ।

    भट्टले नेपाल र बाहिर पनि देश विकासको लागि धेरै मानिस काम गरिरहेका बताउँदै समाज परिवर्तन गर्न खोजिरहेका सबै सकारात्मक ऊर्जालाई जोड्न यस पुरस्कारले भूमिका खेल्ने बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend