८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्रधानमन्त्री देउवाले यसरी मिलाए चिनियाँ विदेश मन्त्रीसँग ‘कुहिनो’


जनमञ्च संवाददाता
  • १२ चैत्र २०७८ , शनिबार

  • प्रधानमन्त्री देउवाले यसरी मिलाए चिनियाँ विदेश मन्त्रीसँग ‘कुहिनो’
    प्रधानमन्त्री शेरबहादुर देउवा (दायाँ) र चिनियाँ विदेश मन्त्री वाङ यी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा।

    काठमाडौ, १२ चैत – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भ्रमणमा आएका चिनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यीसँग हातको सट्टा कुहिनो मिलाएका छन्।

    शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा देउवाले विदेश मन्त्री यीसँग कुहिनो ठोक्काएका ( Elbow Bump) हुन्।

    त्यसो भए कूटनीतिमा कुहिनो मिलाउनुको छुट्टै अर्थ छ? “कोभिड–१९ महामारीले गर्दा हात मिलाउनु वा हग गर्नुको सट्टा कुहिने मिलाएका हुन्,” पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाले भने, “यो महामारीले निम्त्याएको परिस्थिति बाध्यता हो।”

    परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी।

    सिंहदरबारमा परराष्ट्र मन्त्री नारायण खड्कासँग औपचारिक भेटवार्ता गरेपछि तीनदिने नेपाल भ्रमणमा आएका विदेश मन्त्री यी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। परराष्ट्र मन्त्री खड्का र यीले पनि कुहिनो मिलाएका थिए।

    यसरी शुरू भयो कुहिनो मिलाउने चलन
    सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान भाइरस) को महामारीका वेला विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो। त्यति वेला स्वाइन फ्लु नसरोस् भनेर एकअर्कामा कुहिनो मिलाउने चलन शुरू भएको जनस्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्।

    सन् २०१४ मा इबोलाबाट जोगिन पनि हातको सट्टा कुहिनो मिलाउने गरिएको थियो। २०१९ डिसेम्बरदेखि फैलिएको कोरोना महामारीका वेला पनि त्यही चलनले निरन्तरता पाएको हो।

    हात फोहोर हुने भएकाले कुहिनो मिलाउने चलनलाई निरन्तरता दिनुपर्ने कतिपय जानकारहरूको सुझाव छ। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी हातको सट्टा कुहिने मिलाउँदा धेरै रोगबाट जोगिने बताउँछन्। उनी भन्छन्, “हातबाट सर्ने रोगहरूको लामो सूची छ, यल्बो बम्पलाई निरन्तरता दिने हो भने धेरै सरुवा रोगबाट बच्न सकिन्छ।”

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend