९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
यस्ता छन् देउवाको भारत भ्रमणका कार्यक्रम

प्रधानमन्त्री देउवा मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै


जनमञ्च संवाददाता
  • १४ चैत्र २०७८ , सोमबार

  • प्रधानमन्त्री देउवा मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै
    फाइल तस्वीर ।

    काठमाडौं, १४ चैत – प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा जाने भएका हुन्।

    सोमबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालका प्रधानमन्त्री देउवा आगामी शुक्रबारदेखि आइतबार (चैत १८–२०) सम्म भारतको भ्रमणमा आउन लागेको जानकारी दिएको हो।

    भारतीय विदेश मन्त्रालयका अनुसार देउवाले चैत  १९ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्। यस्तै प्रधानमन्त्री देउवाले त्यहाँका उपराष्ट्रपति बैंकया नायडुसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

    मोदीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक भारत भ्रमण गर्न लागेका हुन्।

    भारत भ्रमणका क्रममा जयनगर जनकपुर रेलवेको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम पनि छ। साथै देशभर १३७ स्वास्थ्य चौकी, भक्तपुरमा हिन्दु मठ निर्माणमा भारतले सहयोग गर्ने विषयमा सम्झौता गर्ने तयारी पनि भइरहेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend