९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

शेखरको चुनौती: ‘केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं’


जनमञ्च संवाददाता
  • १४ चैत्र २०७८ , सोमबार

  • शेखरको चुनौती: ‘केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं’

    काठमाडौं, १४ चैत – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु गलत हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाए ।

    कोइरालाले भने, ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने ? गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ ।’ उनले गठबन्धन गर्नेभन्दा पनि तलैबाट पार्टीभित्र एकता र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

    कोइरालाले थपे, ‘गठबन्धन माथिबाट गर्ने, तर तलका कार्यकर्ताबीच चाहिँ एकता हुन नसके के हुन्छ अवस्था ? हामीले त्यसमा ध्यान दिन जरुरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend