८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमालेसँग तर्सेपछि कांग्रेसले दायाँबायाँ वैशाखी टेक्न खोजेको छ: ओली


जनमञ्च संवाददाता
  • १४ चैत्र २०७८ , सोमबार

  • एमालेसँग तर्सेपछि कांग्रेसले दायाँबायाँ वैशाखी टेक्न खोजेको छ: ओली

    बुटवल, १४ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सबै दल मिलेर आएपनि एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्। उनले अरु दल एमालेसँग तर्सिएको उल्लेख गरे।

    कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कुनै बेला आफूलाई ठूलो मान्ने कांग्रेससमेत अरुको बैशाखी खोजेको टिप्पणी गरे।

    ‘नेपाली कांग्रेस एक जमानामा ठूलो जुरो भएको बलियो साँढे गोरु जस्तो थियो। अहिले विचरा यता एउटाको बैशाखी टेकेको छ। उता अर्काको बैशाखी टेकेको छ’ उनले भने, ‘बैशाखी नटेकु न कसैले भन्यो भने अगाडि एमाले हेर न कत्रो छ एमाले भन्छन्। नेपालमा जति छन् सबै मिलेर आए पनि उहाँहरु लड्न सक्नुहुन्न।’

    अब नेकपा एमालेले विजय हासिल गर्ने र मुलुकको विकासको लागि एमाले चाहिएको ओलीले बताए।

    कार्यक्रममा ओलीले प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ता र प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवलाई पार्टी प्रवेश गराएका थिए।

    कपिलवस्तु २ का सांसद गुप्ता र २ क का प्रदेश सांसद श्रीवास्तव ०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका थिए। त्यसअघि दुवै जना तमलोपामा थिए।

    कपिलवस्तुमा ५ हजार बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको एमालेले दाबी गरेको छ।

    यसैबीच कपिलवस्तुबाट एमाले अध्यक्ष ओली साँझ रुपन्देही फर्केका छन्। भोलि मंगलबार तिलोत्तमाको शंकरनगर वनबाटीकाको भ्युटावरको उद्घाटन र दिउँसो मणिग्राममा आयोजित भूतपूर्व सैनिक प्रहरी संगठनको महाधिवेशनको उद्घाटन गर्ने तालिका छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend