९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चुनावमा पाँचदलीय गठबन्धन निश्चित, सिट बाँडफाँडको संवाद सुरु


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७८ , मंगलबार

  • चुनावमा पाँचदलीय गठबन्धन निश्चित, सिट बाँडफाँडको संवाद सुरु

    काठमाडौं, १५ चैत – आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचन सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तासाझेदार अन्य दलले पहिला नै निर्णय गरिसकेको र कांग्रेसले पनि मंगलबार केन्द्रीय कार्यसमिति बैठकमार्फत यसबारे औपचारिक निर्णय लिने भएपछि स्थानीय चुनावमा पाँचदलीय गठबन्धन निश्चित भएको हो ।

    कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे सैद्धान्तिक र रणनीतिक निर्णयसँगै आवश्यकताका आधारमा तल्ला तहमा यसले आकार ग्रहण गर्नेछ । तर, कुन मोडालिटीमा गठबन्धन बनाउने भन्नेमा दलहरूबीच अझै सहमति भइसकेको छैन । यसअघि गठबन्धनमा रहेका दलहरूले पहिला सबै दलले आन्तरिक निर्णय लिने र त्यसपछि मात्रै मोडालिटीमा जाने सहमति गरिसकेका छन् ।

    पार्टीभित्र इतर समूहले गठबन्धन नबनाउन दबाब दिए पनि केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको चाहनाअनुसार आवश्यकता आधारमा गठबन्धनमा जानुपर्ने मत राखेका थिए । सोहीअनुसार पार्टीले मंगलबारको बैठकबाट प्रस्ताव पास गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

    गठवन्धनका एक नेताको अनुसार चुनावी तालमेलको मोडालिटीका वारेमा शिर्ष नेताहरुका विचमा करीव करीव टुंगो लागेको र अव सिट बाँडफाँडको संवाद सुरु हुने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend