९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
उम्मेदवार बन्न अरू के-के चाहिन्छ योग्यता ?

ठेक्कापट्टामा संलग्न व्यक्ति पनि स्थानीय तहको उम्मेदवार हुन नपाउने


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७८ , बुधबार

  • ठेक्कापट्टामा संलग्न व्यक्ति पनि स्थानीय तहको उम्मेदवार हुन नपाउने

    काठमाडौं, १६ चैत – स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको हो ।

    “नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उमेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,” आयोगद्वारा विज्ञप्तिमा भनिएको छ ।

    उमेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्ने उल्लेख छ ।

    “नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्ने,” विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पति सम्बन्धि व्यवहारमा संलग्न नरहेको घोषणा गर्नुपर्ने पनि आयोगले जनाएको छ ।

    यी हुन् उमेदवारले मनोनयन गर्दा पेश गर्ने स्वघोषणपत्रमा उल्लेख गर्नुपर्ने कुराहरू :

    (क) नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको ।

    (ख) एक्काईस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको ।

    (ग) गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको ।

    (घ) स्थानीय तह निर्वाचन सम्बन्धी कुनै कानूनले अयोग्य नभएको ।

    ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको ।

    (च) सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ङ), (च), छि), (ज), (क), (ज) र (ठ) बमोजिमको अयोग्यता नभएको ।

    ज) स्थानीय तह निर्वाचन ऐन, २०७३. स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तहनिर्वाचन निर्देशिका, २०७८ बमोजिम मनोनयनपत्र साथ उमेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको ।

    (झ) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उमेदवारको बन्दसूचीमा नाम कायम नरहेको ।

    ञ) मनोनयनपत्र साथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको ।

    ट) स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको ।

    ठ) कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पति सम्बन्धि व्यवहारमा संलग्न नरहेको  ।

    (ड) सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाकी नरहेको ।

    (ढ) संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र डिभी पीआर) नलिएको ।

    (ण) न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको ।

    (त) निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको ।

    (थ) निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको ।

    (द) २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उमेदवार हुन योग्य नेपाली नागरिक भएको ।

    (ध) नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend