९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमाले जिल्ला कमिटीको दोस्रोपूर्ण बैठक

एमाले बागलुङले एकैदिन छान्दै उम्मेदवार, बनायो वार्ता टोली


जनमञ्च संवाददाता
  • २० चैत्र २०७८ , आइतबार

  • एमाले बागलुङले एकैदिन छान्दै उम्मेदवार, बनायो वार्ता टोली

    बागलुङ, २० चैत – नेकपा एमाले बागलुङले स्थानीय निर्वाचनका उम्मेदवार एकैदिन छान्ने भएको छ । जिल्लाका १० वटै पालिका र वडाध्यक्ष पदका उम्मेदवार स्थानीय कमिटी मार्फत एकैदिन छनौट गर्ने एमाले जिल्ला अध्यक्ष हिरावहादुर केसीले वताए ।

    सदरमुकाम बागलुङ बजार आईतवार समपन्न एमाले जिल्ला कमिटीको दोस्रोपूर्ण बैठकले चैत २४ गते ८५ वटै वडा कमिटीको बैठक गरी आफ्नो वडामा स्थानीय निर्वाचनका लागि वडाध्यक्ष र सदस्यहरुको सिफारिस गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, चैत २७ गते १० वटै पालिका कमिटीको बैठक गरी प्रमुख र उपप्रमुख सिफारिस गर्न स्थानीय कमिटीलाई निर्देशन गरेको छ ।

    आफ्ना वडा र पालिकाका उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत रुपमा आवश्यक उम्मेदवार मात्रै सिफारिश गर्न निर्देशन गरेको एमाले जिल्ला सचिव विष्णु भुसालले वताए । सर्वसम्मत हुन नसकेमा बढिमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न पार्टीले भनेको छ ।

    एमालेले वडाध्यक्ष र सदस्यको सिफारिश सुरु तहको कमिटी वडामार्फत सिफारिस गर्ने र जिल्ला कमिटीले अन्तिम टुंगो लगाउने विधि बनाएको छ ।

    त्यस्तै, पालिका प्रमुख र उपप्रमुखको सिफरिस पालिका कमिटीले. गर्ने र अन्तिम टुंगो प्रदेश कमिटीले लगाउने विधि छ । आवश्यकताका आधारमा केन्द्रिय कमिटीले सवै तहका उम्मेदवारको पुर्नविचार गर्न सक्ने एमाले.केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द नेपालीले वताए ।

    स्थानीय निर्वाचनमा जिल्लामा बामपन्थी एकतालाई प्राथमिकतामा राख्दै एमालेले अन्य दलसंग चुनावी एकता गर्नका लागि पार्टीका केन्द्रिय सदस्य गोविन्द नेपालीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ ।
    वार्ता टोलीका सदस्यहरुमा केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, प्रदेस सदस्य जनकराज पौडेल, देव कुमार नेपाली, डिल्लीराज गौतम, जिल्ला अध्यक्ष हिरावहादुर केसी र सचिव विष्णु भुसाल रहेका छन् ।

    वैठकमा पार्टी पोलिटब्युरो सदस्य लीला वहादुर थापा मगर, मनकुमारी केसी, जिल्ला इन्चार्ज गोविन्द नेपालीले निर्वाचन केन्द्रित निर्देशन दिएका थिए । जिल्ला अध्यक्ष केसीको अध्यक्षतामा भएको वैठकको सञ्चालन सचिव भुसालले र स्वागत उपाध्यक्ष लक्ष्मण पुनले गरेका थिए ।

    वैठकमा १० वटै पालिकाका पार्टी अध्यक्षहरुले आआफ्नो पालिकाको रिपोर्टीङ गरेको सहसचिव डम्मर श्रीसले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend