९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आजदेखि सवारी भाडामा १५ प्रतिशतसम्म बढ्यो, कुन ठाउँको कति (सूचीसहित)


जनमञ्च संवाददाता
  • २१ चैत्र २०७८ , सोमबार

  • आजदेखि सवारी भाडामा १५ प्रतिशतसम्म बढ्यो, कुन ठाउँको कति (सूचीसहित)

    काठमाडौं, २१ चैत अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार आज (आइतबार)देखि लागू गरिएको यात्रुबहाक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको हो।

    दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर अनुसार समायोजन गरिएको छ।

    पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ।

    यात्रुबाहक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १३ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १५ प्रतिशत भाडा समायोजन गरिएको छ।

    कुन ठाउँको कति ?

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend