८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘काठमाडौंमा एक रात’ उत्कृष्ट फिचर फिल्म


जनमञ्च संवाददाता
  • २२ चैत्र २०७८ , मंगलबार

  • ‘काठमाडौंमा एक रात’ उत्कृष्ट फिचर फिल्म

    काठमाडौं, २२ चैत – मोहन राईद्वारा निर्देशित फिल्म ‘काठमाडौंमा एक रात’ पाचौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सवको नेपाल पानोरमातर्फ उत्कृष्ट फिल्म बन्न सफल भएको छ। फिल्मले एक लाख नगद, ट्रफीसहित अवार्ड प्राप्त गरेको छ।

    त्यस्तै निर्देशक मोहम्मद रवि मिर्धा निर्दित बंगलादेशी फिल्म ‘नो ग्राउण्ड विनिथ द फिट’ले गौतम बुद्ध अवार्डसँगै अन्तर्राष्ट्रिय बेस्ट फिचर फिल्मको उपाधि प्राप्त गरेको छ। अर्वाडसँगै फिल्मले १५ सय डलर नगदसमेत प्राप्त गर्‍यो।

    त्यस्तै सर्ट फिल्मतर्फ उत्कृष्ट फिल्मको उपाधि ‘आइसक्रिम’ले प्राप्त गर्‍यो। संगीता श्रेष्ठद्वारा निर्देशित यो सर्ट फिल्मले उपाधिसंगै ५० हजार नगद जित्न सफल भयो। त्यस्तै उत्कृष्ट अन्तर्राष्ट्रय सर्ट फिल्मको उपाधिँसँगै बागमती अर्वाड प्राप्त गर्न सफल सर्ट फिल्म हो ‘अल सिट’। सुडानी फिल्म ‘अल सिट’लाई निर्देशन गरेका हुन्, सुजान्न मिर्ग्यार्नीले। उपाधिसँगै यो फिल्मले ५ सय डलर नगद प्राप्त गर्‍यो।

    त्यस्तै गरी मन्जुश्री अवार्ड हर्ट अफ गोल्ड फिल्मले प्राप्त गर्न सफल भयो। एके शेर्पा अवार्ड गोर्खाज गर्लले प्राप्त गर्‍यो। माउण्ड एभरेष्ट अर्वाड फिल्म आउट अफ थिन एयरले प्राप्त गर्‍यो। त्यस्तै उत्कृष्ट सर्ट फिल्म निर्देशकको उपाधि फिल्म अशेष अफ असका लागि बच्चन व्यन्जनकारले प्राप्त गरे। उतकृष्ट फिचर फिल्म निर्देशकको उपाधि फिल्म काठमाडौंमा एक रातका लागि मोहन राईले प्राप्त गरे। यही फिल्मबाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको उपाधि प्राप्त गरिन्। यही फिल्मले उत्कृष्ट स्क्रिन प्लेको उपाधि पनि जित्यो।

    उत्कृष्ट अभिनेताको उपाधि भने चिसो एस्ट्रे फिल्मका लागि दिव्य देवले प्राप्त गरे। यही फिल्ममार्फत् उज्वल बस्ताकोटीले उत्कृष्ट सिनेमाटोग्राफीको उपाधि पनि जित्न सफल भए।

    फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय मञ्चको तर्फबाट उत्कृष्ट फिचर फिल्मको उपाधि टर्किको फिल्म साइलेन्स ट्रीले प्राप्त गयो। यो फिल्म निर्देशन गरेका थिए फ्यासल स्वोसलले।

    अन्तर्राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा बिहीबारदेखि ५ दिनसम्म महोत्सव सञ्चालन भएको थियो। विश्वभरिका कथाहरुको उत्सव, ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने श्लोगनका साथ भौतिक रुपमा नै महोत्सव सम्पन्न भयो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend