८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गठबन्धन एमालेविरुद्ध गरेका होइनौं : वर्षमान पुन


जनमञ्च संवाददाता
  • २२ चैत्र २०७८ , मंगलबार

  • गठबन्धन एमालेविरुद्ध गरेका होइनौं : वर्षमान पुन

    बारा, २२ चैत – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले सत्ता गठबन्धन दलहरुको चुनावी तालमेल कुनै शक्तिविरुद्ध लक्षित नरहेको बताएका छन् ।

    पुनले एमालेविरुद्ध नभई संविधान र व्यवस्थामाथि प्रहार गर्ने केपी ओली प्रवृत्तिविरुद्ध आफूहरु उभिएको बताए । लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गरिएकाले त्यसबाट कोही पनि आतंकित हुनुनपर्ने उनको भनाइ थियो ।

    ‘हामीले कुनै दल वा शक्तिविरुद्ध गठबन्धन गरेका होइनौं’ बाराको कलैयामा चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सोमबार पुनले भने, ‘संविधान बचाउन, लोकतन्त्र बचाउन र राजनीतिक क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्छ भन्ने विचार बोकेका शक्तिबीच सहकार्य गरेका हौं ।’

    उनले गठबन्धनलाई राजनीतिक चरित्रको संज्ञा दिए । उनले एमाले अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिको नेतृत्व गरेको भन्दै गठबन्धन आवद्ध दलहरु लोकतन्त्र पक्षधर भएको दाबी गरे । राप्रपा र राप्रपा नेपालका नेताहरुसँग भेटेर चुनावी सहकार्यको प्रस्ताव राख्नु तथा मधेसमा महन्थ ठाकुरसँग घाँटी जोड्नुले ओली घोर दक्षिणपन्थी भएको प्रमाणित भएको तर्क गरे ।

    विगतमा मधेसी जनताको अधिकारको विरुद्ध खडा भएका ओली अहिले कसरी मधेसका पक्षमा उभिन सक्छन् भनि पुनले प्रश्न गरे । ओली धार्मिक राज्यको एजेण्डा बोकेर मधेस पसेको भन्दै उनले अन्धराष्ट्रवादी शक्तिबाट मुलुकलाई खतरा रहेको टिप्पणी गरे । पुनले मधेसको अधिकारका लागि माओवादी लडेको भन्दै मधेसमा निर्वाचन जित्ने हक माओवादीलाई मात्र भएको दाबी गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend