८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

विद्रोहीको हमलामा कंगोमा नेपाली शान्ति सैनिकको मृत्यु


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७८ , बुधबार

  • विद्रोहीको हमलामा कंगोमा नेपाली शान्ति सैनिकको मृत्यु

    काठमाडौं, २३ चैत – संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएका एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।

    नेपालका ‘श्री नेप क्यूआरएफ कम्पनी’ पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकको अपरेसन ‘बाली’को दौरानमा मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा कर्डन एन्ड सर्चको कारबाही सञ्चालन गर्दा घाइते भएका सुर्खेतका अनिल गुरुङको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाएका छन् ।

    नेपाली सेनका अनुसार नेपाली शान्ति सैनिक टोलीले विद्रोहीको ‘अब्जेक्टिभ’ कब्जा गरी जमिन होल्ड गरेपछि अज्ञात स्थानबाट अचानक गरेको फायरबाट गुरुङ घाइते भएका थिए ।

    आक्रमणमा परी घाइते भएका गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गोटेर्रसले विज्ञप्ति जारी गरी यस घटनाप्रति भर्त्सना गरेका छन् । मृतक परिवारप्रति समवेदना प्रकट गर्दै महासचिव गुटेर्रसले शान्ति सेनामाथि गरिएको यस्तो आक्रमणको खण्डन गरेका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend