८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
१२ मध्ये ७ पालिका कांग्रेसलाई, ४ मा‌ओवादीलाई र १ समाजवादीलाई

यस्तो छ गुल्मीमा सत्तागठबन्धनको भागबण्डा


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७८ , बुधबार

  • यस्तो छ गुल्मीमा सत्तागठबन्धनको भागबण्डा

    गुल्मी, २३ चैत – सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गुल्मीमा भागबण्डा टुङ्ग्याएका छन्। गुल्मी सदरमुकाम तम्घास र लुम्बिनीको राजधानी बुटवलमा बुधबार बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लाका १२ पालिकाको भागबण्डा टुङ्ग्याएका हुन्।

    नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले सत्ता गठबन्धनले गुल्मीका १२ पालिकामा चुनावी तालमेलका लागि भागबण्डा गरेको जानकारी दिए। उनका अनुसार गुल्मीका १२ पालिकामध्ये ८ वटा नेपाली कांग्रेस र ४ माओवादी केन्द्रले लिने सहमति भएको छ।

    सहमतिअनुसार कांग्रेसको भागमा परेका ८ मध्ये एक पालिका सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई दिइने बताइएको छ। त्यसका लागि एकीकृत समाजवादीको बलियो उपस्थिति भएको पालिका कांग्रेसले छाड्ने दलहरु बीच सहमति भएको हो।

    गुल्मीमा १० वटा गाउँपालिका र २ वटा नगरपालिका छन्। कांग्रेस सभापति खिलध्वज पन्थीले पनि सत्ता गठबन्धनले पालिकाहरुको भागबण्डा टुङ्ग्याएको पुष्टि गरे। उनले कांग्रेसले ८ र माओवादीले ४ पालिका लिने सहमति भएको बताए। नेकपा एकीकृत समाजवादीको हकमा सम्मानजनक स्थान दिने सहमति भएको पन्थीले बताएका छन्।

    मालिकामा बाँडफाँट

    गुल्मीकै मालिका गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार आफ्नो दलले लिने सहमति भएको माओवादी केन्द्रका गुल्मीका संयोजक बुद्धि जिसीले बताए। उनका अनुसार मालिकाका २ वटा वडामा माओवादी र ६ वडा कांग्रेसले अध्यक्षमा उम्मेदवारी दिने भएको छ।

    गठबन्धनबीचमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालाई कार्यपालिकामा लैजाने सहमति भएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend